धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

प्रजातान्त्रिक विचार समाजको सुदूरपश्चिम प्रदेश स्तरीय जुम बैठक सम्पन्न

प्रजातान्त्रिक विचार समाजको सुदूरपश्चिम प्रदेश स्तरीय जुम बैठक सम्पन्न

धनगढी

   प्रजातान्त्रिक विचार समाज सुदूरपश्चिम प्रदेश स्तरीय जुम बैठक बुधबार सम्पन्न भएको छ ।

    समाजका सुदूरपश्चिम प्रदेश संयोजक डा.लक्ष्मीराज पण्डितको अध्यक्षतामा जुम बैठक सम्पन्न भएको छ । उक्त बैठकमा सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटै जिल्लाका जिल्ला अध्यक्ष, पदाधिकारी एवं सल्लाहकारहरूको उपस्थिति रहेको    थियो ।

  बैठकमा दार्चुला जिल्ला अध्यक्ष दुर्गादत्त भट्ट, बैतडी मानबहादुर चन्द, डडेल्धुरा पुष्पराज जोशी, कंचनपुर भोजराज जोशी, बझाङ मोहनराज उपाध्याय, बाजुरा दयाराम पण्डित, अछाम शंकर बहादुर रावल, डोटी टीकाराम फुलारा  र कैलाली अध्यक्ष वेदप्रसाद जोशीको उपस्थिति रहेको थियो ।

  कार्यक्रममा समन्वय एवं सञ्चालन प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेश अध्यक्ष प्रा.डा. अक्कल देव मिश्रले गरेका थिए । परिचयात्मक कार्यक्रमबाट शुरु भएको उक्त बैठकमा ९ वटै जिल्लाका जिल्ला अध्यक्षले आआफ्नो जिल्लामा सम्पन्न भएका सांगठनिक गतिविधि एवं भावी योजना र आवश्यक सुझाव सहित मन्तव्य राखेका थिए । 

  बैठकमा  कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक देवराज अवस्थी, कैलाली जिल्ला कार्य समिति सल्लाहकार द्वय जगन्नाथ जोशी एवं लक्षणदत्त भट्ट र अतिथि डिलानन्द जोशीले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

   बैठकले नवगठित जिल्ला कार्य समितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिने, १०७ औं वि.पि.जयन्तीको अवसरमा जननायक वि.पि.कोइराला प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्ने, निकट भविष्यमा केन्द्रीय पदाधिकारीको उपस्थितिमा सुदूरपश्चिम प्रदेश कार्य समिति गठन गर्ने, आगामी दिनमा सुदूरपश्चिम प्रदेशमा प्रजातान्त्रिक विचार समाज शसक्त रुपमा अघि बढाउन विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गर्ने निर्णय सहित बिभिन्न बिषयमा छलफल गरेको समाजका कैलाली अध्यक्ष बेदप्रसाद जोशीले जानकारी दिए ।