धनगढी पोष्ट
बिहिबार, २५ भदौ २०७७ मा प्रकाशित
भजनी
कैलालीको भजनी ३ वर्दवाफाँटाका युवा सामाजिक कार्यमा जुटेका छन् । स्थानीय २२ जना युवाको सयुक्त पहलमा उच्च धारा निर्माण भएको छ ।
वाढि प्रभावित क्षेत्र वर्दवाफाँटाको मुख्य चोकमा धारा निर्माण गरिएको हो । गाँउको मुख्य चोक यात्रुहरु आओत जाओत गर्ने प्रमुख क्षेत्र भएकाले धारा निर्माण गरिएको निर्माण कार्यमा संलग्न सुरेन्द्र जैशीले बताए ।
जैसीले आफुले ५ हजार नगद समेत सहयोग गरेको बताए । कुल ४५ हजार ५ सय लागतमा धारा निर्माण भएको हो । युवाको नगद र सामान सहयोगमा धारा निर्माण भएका हो । प्रत्येक युवाले ५ सय देखी ८ हजार सम्म धारा निर्माणमा सहयोग गरेका छन् ।
कसैले नगद सहयोग गरेका छन् भने कसैले श्रम सहयोग गरेका छन् । उक्त धारा निर्माणमा दिलाराम जैशीले ८ हजार बरावरका सरिया सहयोग गरेका छन् । प्रेम राज जैशीले ८ हजार बरावरका १० बोरा सिमेन्ट सहयोग गरेको छ । उच्च धारा निर्माणले वाढि प्रभावित क्षेत्रमा पानीको सुविधा लिन सहज हुने छ ।
धारा निर्माण गरिएको क्षेत्रमा प्रतिक्षालय निर्माण गरिने निर्माण कार्यमा संलग्न नानु जैशीले बताए । जैशीले भने नेरेसो को पहलमा युनिसेफको आर्थिक सहयोगमा वडा नं ३ मा निर्माण गरिएको धारा अनुकुलतामा निर्माण नभएपछि युवाहरु आफै निर्माणमा जुटेका थिए ।