धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिम प्रदेशमा झण्डै ७० हजारको स्वाव परिक्षण

सुदूरपश्चिम प्रदेशमा झण्डै ७० हजारको स्वाव परिक्षण

धनगढी

   सुदूरपश्चिम प्रदेशमा झण्डै ७० हजारको स्वाव परिक्षण गरिएको छ ।  सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार सम्म ७० हजार ७ सय ४५ जनाको स्वाव संकलन गरिएकोमा ६९ हजार ४ सय ८२ जनाको स्वाव परिक्षण गरिएको छ ।

 ति मध्य ६ हजार १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १२ सय ६३ जनाको स्वाव अझै परिक्षण हुन वाँकी छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बुधवार मात्र अछामका ४५ जना, बझाङबाट २२, डडेल्धुराका ६ जना, कैलालीका तीन जना, डोटीका तीन जना र कञ्चनपुरबाट दुई जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।

  यो संगै प्रदेशमा पाँच हजार तीन सय ९३ जना संक्रमण मुक्त भएर घर फर्केका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार चार सय ४५ जना निको भएर घर फर्किएका छन् ।

  यस्तै डोटीका नौँ सय सात, अछामका आँठ सय ९३, कञ्चनपुरका ६ सय ६५ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ । बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ६४, बैतडीका तीन सय २५, डडेल्धुराका तीन सय सात र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन् ।

वाँकी रहेका संक्रमित मध्य ६२ जना प्रदेशका बिभिन्न अस्पतालको आईशोलेसनमा उपचाररत रहेका छन् ।