धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

धनगढीका ५० सहित सुदूरपश्चिममा ७० जनामा कोरोना संक्रमण पुष्टि

धनगढीका ५० सहित सुदूरपश्चिममा ७० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

   सेती प्रादेशीक अस्पताल धनगढीको प्रयोगशालामा विहिवार गरिएको परिक्षणमा धनगढीका ५० सहित सुदूरपश्चिममा थप ७० जनामा संक्रमण पुष्टि भएको छ । धनगढी र डोटीमा गरिएको परिक्षणमा ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

     पछिल्लो २४ घण्टामा सेतीमा परिक्षण गरिएका ३ सय १९ स्वाव मध्यबाट ६९ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा उनीहरुको वडा खुलाइएको छैन ।

आज नै गोदावरीका १३ जना चुरे गाउँपालिकाका २ जना कैलारी र घोडाघोडीका १ ÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।

यसैगरी कञ्चनपुरको पुर्नवास नगरपालिकाका २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । आज नै डोटीको परिक्षणमा एक जनामा संक्रमण पुष्टि भएको थियो ।