धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

धनगढी प्रहरी गणभित्रै रहेका ३७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी प्रहरी गणभित्रै रहेका ३७  जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 धनगढी स्थित सशस्त्र प्रंहरी गणमा कार्यरत ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार सेती प्रादेशीक अस्पताल धनगढीमा गरिएको परिक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

  बिहीबार धनगढीमा ५० जनामा संक्रमित पुष्टि भएको छ, ती मध्ये ३७ जना प्रहरी हुन् । सशस्त्र प्रहरी गण धनगढीका ३७ जनामा कोरोना संक्रमण भएको सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए ।

  उनका अनुसार बिहिवार सम्म सुदूरपश्चिम प्रदेशमा ८३ जनामा संक्रमण पुष्टि भएको छ । हाल सम्म सुदूरपश्चिम प्रदेशका २२ सय ७८ जना प्रहरीको स्वाव परिक्षण गरिएको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए ।