धनगढी पोष्ट
शनिबार, ३१ जेठ २०७७ मा प्रकाशित
धनगढी
पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि धनगढी, पछिल्लो २४ घण्टामा देश भर थप थप २ सय ७३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । यससागै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।
कोरोनाको ंसंक्रमणका कारण थप दुई जनाको मृत्यु भएको भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । बारा निजगढका ५ बर्षीय बालक र पर्साका २५ बर्षीय पुरुषको कोरोनका कारण मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बारा निजगढका बालकको बीरगन्ज हेल्थ केयरमा उपचारका क्रममा शुक्रवार मृत्यु भएको थियो । उनको नारायणी अस्पतालमा गरिएको पक्षिणमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै पर्सामा जेठ २८ गते एक पुरुषको मृत्यु भएको थियो । नारायणी अस्पतालमा गरिएको परिक्षणमा उनको पनि कोरोना पुष्टि भएको हो ।