धनगढी पोष्ट शनिबार, २७ बैशाख २०८२   May 10, 2025

देशभर थपिए १४ सय ५४ जना कोरोना संक्रमित

धनगढी

 नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९ सय ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।

  पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ । क्वारेन्टिनमा  ६ हजार ७८ जना छन् ।