धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026
कोरोना कहर

सुदूरपश्चिममा एकै दिन थपिए ६४ जना संक्रमित

आज पुष्टि भएका मध्ये ५५ जना पुरुष र नौँ जना महिला रहेका छन् ।

सुदूरपश्चिममा एकै दिन थपिए ६४ जना संक्रमित

धनगढी

   सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या २ सय ५५ पुगेको छ ।

  सेती प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार  डडेलधुराका २४, कञ्चनपुरका २१, कैलालीका ११, बझाङमा ५, डोटीमा तीन जना थपिएका छन् ।

  उनका अनुसार आज पुष्टि भएका मध्ये ५५ जना पुरुष र नौँ जना महिला रहेका छन् । बझाङको बिथ्थड चिरका दुई जना, केदारस्यू दुई जना, खप्तडछान्नाको एक जना, डडेल्धुराको अमरगढीका एक जना, नवदुर्गामा २३ जना रहेका छन् ।

  यसैगरी डोटीको जोरायलका दुई जना, सायलका एक जना, कैलालीको चुरेका पाँच जना, धनगढीका दुई जना, गोदावरीका दुई जना, लम्की चुहाका एक जना, टीकापुरका एक जना, कञ्चनपुरको पुनरवासका दुई जना, लालझाडीका १४ जना, महाकालीका तीन जना, बेदकोटका एक जना, कञ्चनपुरकै थप एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।