धनगढी पोष्ट
शनिबार, २७ भदौ २०७७ मा प्रकाशित
धनगढी
जिल्ला अस्पताल डोटी र डडेल्धुराको प्रयोगशालामा गरि शनिवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डोटी प्रयोशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय २४ जनाको कोरोना परीक्षण भएकोमा डोटीका पाँच र अछामका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार डोटीको सायल गाउँपालिकाका तीन, केआईसिंह गाउँपालिकाका दुई र अछाम जिल्लाको रामारोशन गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ९२ जनाको स्वाव परीक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले बिज्ञप्ती मार्फत जानकारी गराएको छ । बिज्ञप्ती अनुसार शनिवार संक्रमण पुष्टि हुनेमा डडेल्धुराको परशुराम नगरपालिका –६ का २ जना रहेका छन् ।