धनगढी पोष्ट
शनिबार, २७ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा शनिबार थप २८ जवनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढी स्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको ६ सय ९० स्वाव परिक्षण मध्य तीन वटै प्रयोगशालाबाट २८ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ३ सय ६८ स्वाव परिक्षण मध्य कञ्चनपुरका १२ र कैलालीका ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शनिबार संक्रमण पुष्टि भएका मध्य कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ का ६ महिला र ४ पुरुष गरी १० जना, भिमदत्तकै वडा नम्बर १० का एक महिला र एक पुरुष गरी दुई जना, कैलालीको धनगढीका एक महिला ३ पुरुष गरी ४ जना, बर्दगोरिया गाउँपालिकाका एक महिला र एक पुरुष गरी दुई जना, टिकापिुर र लम्कीका १/१ पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसै गरी डोटी अस्पतालको प्रयोशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय २४ जनाको कोरोना परीक्षण भएकोमा डोटीका पाँच र अछामका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार डोटीको सायल गाउँपालिकाका तीन, केआईसिंह गाउँपालिकाका दुई र अछाम जिल्लाको रामारोशन गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको १ सय ९२ जनाको स्वाव परीक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
बिज्ञप्ती अनुसार शनिवार संक्रमण पुष्टि हुनेमा डडेल्धुराको परशुराम नगरपालिका –६ का २ जना रहेका छन् ।