धनगढी पोष्ट
शनिबार, ३१ जेठ २०७७ मा प्रकाशित
धनगढी
धनगढी स्थित ब्रहमकुमारीले कवारेन्टाईनमा रहेकाहरुलाई सकारात्मक सोचको विकास गरि मनोवलमा बृद्धि गराउन प्रशिक्षण सहित शारिरीक अभ्यास गराएको छ ।
धनगढी उपमहानगरपालिका ३ त्रिभुवन मावि बोराडाँडीमा क्वारेन्टाईनमा रहेकाहरुलाई शनिवार ब्रहमकुमारी धनगढीकी प्रमुख संचालिका ब्रहमकुमारी हिरादिदीले सकारात्मक सोचका माध्यमद्धारा उच्च मनोवल कायम गराउने बारे प्रबचन दिईन । उनले सकारात्मक सोच राखेर उच्च मनोवल कायम गरेमा रोगप्रतिरोधातक क्षमता बढने बताईन ।
शारिरीक र मानशिक शान्तीका लागि पनि सकारात्मक सोच राख्न आवश्यक रहेको बताउँदै हिरादिदीले अहिले देखिएको महामारीको सामना गर्न सकारात्मक सोत र उच्च मनोवल नै महत्वपुर्ण रहेको उल्लेख गरिन ।
सो अबसरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन योगअभ्यास पनि आवश्यक रहेको भन्दै क्वारेन्टाईनमा रहेकाहरुलाई योगअभ्यासका बारेमा जानकारी सहित अभ्यास गराईएको थियो । करिब डेढ घण्टा संचालन भएको कार्यक्रममा वडा नंम्बर ३ का वडा अध्यक्ष वलबहादुर ऐर, अधिवक्ता बिर बहादुर जेठाराले पनि योगअभ्यास र सकारात्मक सोचका बारेमा जानकारी गराएको ओम शान्ती परिवारका सदस्य हेमराज भण्डारीले बताए ।