धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

भर्चुअल मार्फत ७ दीने टोट तालिम सम्पन्न

भर्चुअल मार्फत ७ दीने टोट तालिम सम्पन्न

धनगढी

सामुदायिक संस्थागत प्रतिनिधी तथा सदस्यहरुलागि भर्चुअल माध्यामबाट प्रदान गरिएको प्रशिक्षक, प्रंशिक्षण तालिम सम्पन्न भएको

जुरी नेपाल, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ -एनएनडिएस डब्लु) को संयुक्त आयोजना तथा युएन ओमेनको आर्थिक सहयोगमा सम्पन्न दीने भर्चुअल बैठकमा कैलाली डोटीका ३० जनाको सहभागिता रहेको थियो

एनएनडिएस डब्लु कैलालीका सामाजिक विकास अधिकृत प्रकाश पौडेलका अनुसार स्थानीय तह अन्तरगत समुदायमा गठन भएका समुदायमा आधारित संस्था -सिबिओ) का पदाधिकारीको क्षमता अभिवृद्धि गर्न भर्चुलअ तालिमको आयोजना गरिएको हो

 गाउँ स्तरमा विभिन्न समुह निर्माण भएपनि उनिहरुको क्षमता अभिवृद्धिमा कसैले ध्यान नदिदा त्यसता समुह ओझेलमा पर्दै आएका थिए सामाजिक विकास अधिकृत पौड्लले भने–‘हामीले ती समुहलाई लक्षित गरेर तालिम पर्दान गरेका हौं

दीने तालिममा लैङ्गिक समानता, महिलामहिला बाद, लैङ्गिक उत्तरदायी बजेट निर्माण, वकालतपैरवी, शुशासन, सूचनाको हक, रिफ्लेक्टजनमुखी शिक्षा लगायत बिषयमा प्रशिक्षण दिइएको उनले बताए

 तालिममा जुरिक नेपाल काठमाण्डौंका परियोजना प्रबन्धक अनिता भुजेल, अधिवक्ता तथा क्षमता विकास विज्ञ सुन्दर सेनी, मिल अफिसर वेद लामिछाने, जिआइजी विज्ञ देवका केसी, वेद लामिछाने र चुन गुरुङ, लगायत एनएनडिएस लब्लुओ काठमाण्डौंका कार्यक्रम प्रबन्धक सान्ति वर्माले सहभागिलाई भर्चुअल माध्यामबाट प्रशिक्षण गरेका थिए तालिममा डाटीको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका बडिकेदार गाउँपालिका अन्तरगत गठित सिबिओका १२, कैलालीको धनगढी उपमहानगरपालिका, भजनी नगरपालिकाका कैलारी गाउँपालिका अन्तरगत गठित १२ गरी २४ तथा अन्य गरी ३० जनाको सहभागिता रहेको सामाजिक बिकास अधिकृत पौडेलले बताए

भदौ २१ देखी सञ्चालन भएको तालिम उद्घाटन एनएनडिएस डब्लुओ कैलालीका अध्यक्ष चक्र विकले गरेका थिए भने समापन एनएनडिएस डब्लुओ डोटीका अध्यक्ष कुमार सिंह टेलरले गरेका हुन् । कार्यक्रममा स्वागत मन्तव्य सान्ति वर्माले गरे, भने जुरी नेपालका इडि मोहन लाल शर्मा, ओरेक नेपाल काठमाण्डौंकी राज्य लक्ष्मी गुरुङ, यूयन ओमेनबाट सन्तोष आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।