धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

पत्रकार माथी कुटपिट प्रकरण : मुख्यमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार माथी कुटपिट प्रकरण : मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धनगढी

 धनगढी स्थित दिनेश सञ्चार गृहमा प्रवेस गरी पत्रकार माथी हातपात  गर्ने अपराधीलाई चार दिन सम्म पक्राउ नगरेको भन्दै पत्रकारहरुले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन् ।

 नेपाल पत्रकार महाँसंघ कैलाली शाखाको अगुवाईमा सोमबार मुख्यमन्त्री लाई ज्ञापनपत्र बुझाइएको हो । पत्रकारमाथी हातपात गर्ने अपराधिलाई तत्काल पक्राउ गरी कडा करवाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको नेपाल पत्रकार महांसघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले बताए । ज्ञापन पत्र नेपाल पत्रकार महाँसंघ कैलाली शाखाका अध्यक्ष जगत साउँदले बुझाएका थिए ।

 जवाफमा मुख्यमन्त्री त्रिलोचन भट्टले पत्रकार माथि हातपात गर्ने अपराधिलाई तत्काल पक्राउ गरी कानूनी कारणही गर्न प्रहरी लागि परेको बताए ।

 यस विषयमा आफुले सुरु देखिनै गम्भिर चासो दिएको छु मुख्यमन्त्री भट्टले भने–‘सक्दो छिटो दोसी कानूनी कट्घेरामा हुनेछ । उनले प्रशमाथी आक्रमण हुनु राम्रो नभएको बताए ।

 पत्रकारमाथी हातपात भए पनि दोसीलाई नसमातेको भन्दै यस अघि सोमबार नै जिल्ला प्रशासन कार्यालय कैलालीमा पनि पत्रकारहरुले धर्ना दिएका थिए ।

 त्यसै गरी आइतबार पनि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका पत्रकारले शनिबार अपराधि पक्ता लगाउन भन्दै प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टे अल्टिमेटम पत्र बुझाएका थिए ।

प्रहरी हिरासत भित्र युवकले गरे आत्म हत्या भन्ने विषयमा दिनेश खबरमा समाचार प्रकाशित भएपछि गलत समाचार प्रकाशित भएको भन्दै केही युवाले दिनेश सञ्चार गृहमै गएर पत्रकार जनक विष्ट माथी हातपात गरेका थिए ।