धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

डोटी र अछामका गरी १२ जनामा कोरोना पुष्टि

डोटी र अछामका गरी १२ जनामा कोरोना पुष्टि

धनगढी

 डोटी अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा डोटी र अछामका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधीमा डोटी अस्पतालमा गरिएको १ सय १४ जनाको स्वाव परिक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका ल्याव इन्चार्ज सौरभ श्रेष्ठले बताए ।

 उनका अनुसार सोमबार संक्रमण पुष्टि भएका मध्य डोटीको केआई.सिंह गाउँपालिकका ६ पुरुष र २ महिला गरी ८ जनाअछामको तुर्माखाँद गाउँपालिकाका १ र चौरपाटि गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ ।