धनगढी पोष्ट
सोमबार, २९ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा सोमवार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय सात जनाको कोरोना परीक्षण भएकोमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार धनगढीका पाँच जनामा संक्रमण पुष्टि भएको छ । वडा नम्वर ७ का दुई जना, वडा नम्वर ३, ५ र १४ का एक÷एक जनामा संक्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।
यसैगरी घोडाघोडी नगरपालिका वडा नम्वर १० का चार जना, गोदावरी नगरपालिकाका दुई जना, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका दुई जना र बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
यसैगरी डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय ४९ जनाको परीक्षण गर्दा डोटीका ८ र अछामका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।