धनगढी पोष्ट शनिबार, ०३ माघ २०८२   January 17, 2026

डडेल्धुरोको  परिक्षणमा थप १२ जनामा संक्रमण पुष्टि

डडेल्धुरोको  परिक्षणमा थप १२ जनामा संक्रमण पुष्टि

धनगढी

 डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप १२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा डडेल्धुरा अस्पतालमा गरिएको ६८ जनाको स्वाव परिक्षणमा बैतडीका ८, बझाङका १ र दार्चुलाका ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार आज संक्रमण पुष्टि हुनेमा बैतडीको दशरथ चन्द नगरपालिका७ का ६ जना, डिलाशैनी गाउँपालिकाका २ जना, दार्चुलाको शैल्यशिखर नगरपालिकाका २ जना, महाकाली नगरपालिकाका १ जना र बझाङको दुर्गाथली गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।