धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बाजुरामा कालाजार परिक्षण गर्ने किट अभाव

धनगढी

 सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा कालाजारका विरामी बढेपनि रोग परिक्ष गर्ने किट अभावका कारण समस्या भएको

 जिल्लाको उत्तरी क्षेत्रका स्थानीय तहमा कालाजारका बिरामीको संख्या बढदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकोछ बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार बैशाख देखी असार सम्म जना कालाजारको बिरामी देखा परेका थिए

 त्यस यता यिकट अभावकाकारण लक्षण मिलेको भरमा उपचारका लागि नेपालगञ्ज पठाउने गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डाक्टर राजुराज जैशीले वताए

 उनका अनुसार बाजुराका बुढिनन्दा नगरपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका स्वामीकार्तिक खापर गाँउपालिकामा कालाजारको प्रकोप देखा पर्न थालेको

 कालाजारका बिरामी दैनिक बढेको अवस्थामा ती क्षेत्रमा रोग परिक्षण गर्ने किट नहुदा संकास्पद बिरामी रिफर गर्ने गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको

 ‘कालाजार परिक्षण गर्ने आरके थ्रटि नाइ किट सकिएको दुई महिना भइसक्यो कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख जैशीले भने–‘जिल्ला स्वास्थ्य कार्यालयलाई पटकपटक जानकारी गराइएको भएपनि कुनै प्रतिक्रिया आएको छैन किट नभएपछि कालाजारको लक्षण देखापरेका संकास्पद बिरामीलाई नेपालगञ्ज रिफर गर्ने गरेको उनले बताए

 खास गरी कालाजार तराईका जिल्लामा देखापर्ने रोग हो तर विगत तीन बर्ष देखी बाजुरा लगायत पहाडी जिल्लामा समेत कालाजारका विरामी देखापर्नथालेको कालाजार सरुवा रोग भएकाले समयमै रोगथाम गर्नुपर्ने भएपनि किट नै नहुँदा रोग फैलने संभावना उच्च बनेको जैशीले वताएका छन्

 जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जिल्लामा कालाजार परिक्षण गर्ने किट उपलब्ध भएको एक÷दुई दिनमै स्वास्थ्य केन्द्रमा पठाउने तयारी भइरहेको बताए प्रदेश स्वास्थ्य निर्देशनालयबाट ढिलागरी किट उपलब्ध भएको स्वास्थ्य कार्यालय प्रमुख पन्तले भने–‘आज मात्रै हामीले प्राप्त गरेका छौं, भोलिनै सम्बिन्धित स्वास्थ्य संस्थामा पठाउने छौं उनले कालाजारको उपचार बाजुरामा नहुने भएकाले रोग पत्ता लगाउँदै उपचारका लागि नेपालगञ्ज धनगढी रेफर गर्ने गरेको बताए

 जिल्लामा कालाजारको उपचार नहुँदा समयमै उपचार पाउन नसकेर स्वामीकार्तिक गाँउपालिका जेरा बस्ने १३ बर्षिय भाग्य शाहिको गत बर्ष निधन भएको थियो ढिला गरी नेपालगञ्ज पठाउँदा त्यहाँ उपचार हुन नसकेर काठमाण्डौ रेफर गरिएकी ती बालिकको उपचारका क्रममा काठमाडौको कान्ति वालअस्पतालमा मृत्यु भएको थियो

 कालाजार भुसुनाको टोकाइ बाट लागे रोग हो रोग लागेपछि अत्याधिक ज्वरो आउने, शरिरको तौल घटने, कलेजो फियोमा असर गर्ने जस्ता लक्षण देखापर्दछन् कालाजार रोगको समयमै उपचार नभए बिरामीको मृत्यु हुने संभावना उच्च हुने गर्दछ