धनगढी पोष्ट
बुधबार, ३१ भदौ २०७७ मा प्रकाशित
काठमाडौं
सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा सहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो । नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएको नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघिका नोट र सिक्काहरुमा पुरानो नक्सा छन् ।
सरकारको अनुमति पाएसँगै अब लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा सहितको सिक्का निष्कासनको प्रक्रिया शुरु हुने राष्ट्र बैंकले बताएको छ ।