धनगढी पोष्ट मङ्गलबार, १० भदौ २०८३   August 25, 2026

सुदुरपश्चिमका सहकारीमा कुनै जोखिम छैन : अध्यक्ष पोखरेल

अध्यक्ष पोखरेलले गुणस्तरमा अब्बल रहेकाले सुदुरपश्चिमका सहकारीहरु जोखिममा नरहेको बताए । ‘

सुदुरपश्चिमका सहकारीमा कुनै जोखिम छैन : अध्यक्ष पोखरेल

धनगढी । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेश प्रसाद पोखरेलले सुदुरपश्चिमका सहकारीहरुमा कुनै जोखिम नरहेको बताएका छन् । सोमबार धनगढीमा  सहकारीकर्मीहरुसँगको भेटघाटका क्रममा अध्यक्ष पोखरेलले गुणस्तरमा अब्बल रहेकाले सुदुरपश्चिमका सहकारीहरु जोखिममा नरहेको बताए ।

जोखिमको हिसाबले सुदुरपश्चिम कम जोखिम भएको प्रदेशको रुपमा चिनिन्छ ।’ अध्यक्ष पोखरेलले भने ‘स्थानीय संस्थाहरु बिग्रेका छैनन्, बाहिरबाट आयातित संस्थाहरुले केही दुर्घटना  गरेका हुन् ।’

सुदुरपश्चिममा संख्यात्मक रुपले कम भए पनि गुणस्तरका हिसाबले अगाडी रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले भने ‘हिमखिरको करोवार हेनुस, नवजीवनको कारोवार हेर्नुस्, नमस्तेको कारोवार हेर्नुस्, राष्ट सेवकको हेर्नुस, साना किसानको हेर्नुस, अरु सहकारीको पनि हेर्नुस, सबैको राम्रो कारोवार छ ।’

कर्जा सुचना केन्द्रमा आवद्ध हुन पनि अध्यक्ष पोखरेलले सहकारीहरुलाई आग्रह गरे । कर्जा सुचना केन्द्र र प्राधिकरणमा   आवद्ध हुन एक बर्षको लागि खुला गरिएको छ ।’ अध्यक्ष पोखरेलले भने  ‘कर्जा सुचना केन्द्रमा ५० प्रतिशत बित्तीय भार भएका संस्थाहरु यसमा  जान सक्छन् ।’

कर्जा सुचना केन्द्रमा सीमित बैकिङ कारोवार गर्ने संस्था जोडिएका  र   नयाका हकमा कानुन संशोधन गर्नु भएकोले कानुन संशोधनको कामे मन्त्रीपरिषदमा पुगेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले भने ‘मलाई लाग्छ, एकाध हप्तामा यो संशोधन भएर काममा आउँछ ।’

अध्यक्ष पोेखरेलले  सहकारी अभियान बर्तमान सरकारबीच समन्वयको कमी रहेको बताए । ‘सहकारी अभियान र   बर्तमान सरकारको समन्वयमा कमी आएको अहिले महशुश भएको छ ।’  अध्यक्ष पोखरेलले भने ‘मैले अध्यक्षको नाताले भन्नै पर्छ । माननीय मन्त्री ज्यु, कुनै पनि सार्वजनिक कार्यक्रममा निस्किनु भएको छैन ।  सम्माननीय प्रधानमन्त्री ज्यु पनि जानुहुन्न, सरकारले फिल्डमै आएर बुझिदिए हुन्थ्यो भन्ने हाम्रो आग्रह हो ।’

 ‘हामीले  राष्टिय अन्तरराष्टिय फोरमहरुको आयोजना गरयौं । तर त्यहा सम्वन्धित मन्त्रीज्युहरु आउनु भएन, अरु मन्त्रीज्यु पनि देखिनु हुन्न  ।  त्यसले कतै पोलिसी बन्दा कमजोरी हुने हो कि  ?’ अध्यक्ष पोखरेलले भने  ‘हुन त केही सुनुवाइहरु भएका पनि छन् । लगानी भएको भन्दा बढी ब्याज लिन नपाउने भन्ने कानुन आइरहेको थियो, त्यो बेला हाम्रो कुरा सुनुवाई भएको छ । पछि त्यो कुरा सरकारले हटायो ।’

सो अवसरमा राष्ट्रिय सहकारी बैकंका संचालक मनमोहन बिष्टले सहकारीहरुले व्यक्तिगत  क्युआरको प्रयोग गर्न पाउने, तर संस्थागत क्युआर प्रयोग गर्न नपाउँदा कारोवारम सीमितता आउने जोखिम रहेको बताए । बिष्टले भने ‘यसले सहकारीप्रतिको बिश्वास बढ्न दिदैन । यसबारेमा समयमै पहल गर्न आवश्यक छ ।’

हिमशिखर बहुउद्धेश्यीय सहकारीका प्रवन्धक महेन्द्र शाहीले सहकारीहरु कर्जा सुचना केन्द्रमा पनि जोडिएका  तर कर्जा सुचना केन्द्रको फाइदा पाउन सकिरहेको बताए ।

धनगढी बहुउदेश्यीय सहकारीका प्रवन्ध निर्देशक  भुपेन्द्र थापाले  सहकारीको दर्ता प्रकृया निरन्तर नगरेर पटक पटक रोक्ने काम भैरहेको भन्दै यसबारे सहकारी महासंघले पहल  गर्नु पर्ने बताए ।

नवजीवन सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपाल पाठकको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन नवजीवन सहकारीका कार्यवाहक महाप्रवन्धक बिहारीलाल चौधरीले गरेका थिए ।