धनगढी पोष्ट मङ्गलबार, ११ कार्तिक २०८२   October 28, 2025

डोटीमा कार्यरत नेपाली सेनाका थप ४० जनामा कोरोना संक्रमण पुष्टि

डोटीमा कार्यरत नेपाली सेनाका थप ४० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

   जिल्ला अस्पताल डोटीको प्रयोगशालाको बुधबार गरिएको परीक्षणमा नेपाली सेनाका थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  डोटी अस्पतालको प्रयोगशालामा  १ सय ५ जनाको नमुना परीक्षण गरिएकोमा ४० जनाको रिपोर्ट पोजेटिभ आएको ल्याव इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिए । संक्रमण पुष्टि भएका ४० जना सबै नेपाली सेना हुन् ।

  स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार डोटीको राजपुर सुल्लेक स्थित ब्यारेकमा कार्यरत ४० जना नेपाली सेनामा कोरोना पुष्टि भएको हो ।  उनका अनुसार भदौ २७ गते १ सय ४३ जना नेपाली सेनाको स्वाव लगिएकोमा मंगलबार ९० जनाको परिक्षण हुँदा ६ जनामा संक्रमण पुष्टि भएको थियो भने आज ५३ जना नेपाली सेनाको स्वाव परिक्षण हुँदा ४० जनामा संक्रमण पुष्टि भएको हो ।

 यस अघि भाद्र १६ गते सोही ब्यारेकमा कार्यरत २१ जना नेपाली सेनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।  आज थपिएका ४० सहित डोटीको राजपुरमा कार्यरत ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  यो सँगै जिल्लामा कोरोना संक्रमतिको संख्या एक हजार २९ पुगेको र ति मध्य जिल्लामा १ सय १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख मलासीले जानकारी दिए  ।