धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

हिरासतमा युवकको मृत्युः निष्पक्ष छानविनको माग गर्दै आफन्तद्वारा प्रदर्शन

हिरासतमा युवकको मृत्युः निष्पक्ष छानविनको माग गर्दै आफन्तद्वारा प्रदर्शन

धनगढी

 प्रहरी हिरासत भित्र रहेका युवककोे मृत्यू प्रकरणमा निस्पक्ष छानविनको माग गर्दै आफन्तले धनगढीमा ¥याली सहित बिरोध पर्दशन गरेका छन्

 प्रहरीले आत्महत्या गरेको बताएपनि आफन्तले आत्महत्या नभई उनको हत्या गरिएको आरोप लगाउँदै प्रहरी बिरुद्ध ¥याली निकालेका छन्

 ‘हामी न्याय चाहन्छौं, प्रहरी लापर्वाही बन्द गर, पोष्मार्टम निष्पक्ष गर, प्रहरी दमन बन्द गर, रोशनलाई न्या दे, सजिलै ज्यान लिन पाइदैन, यस्ता प्रहरी चाइदैन, लापर्वाही गर्नेलाई कारवाही गर, प्रहरी तेरो पाराले दुःख पायो साराले भन्दै प्रहरीका विरुद्ध मृतक रोशनका आफन्तले नारावाजी गरेका हुन् उनिहरुले जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना समेत दिएका थिए

 भदौ २२ गते चोरीको मुद्धामा धनगढी उपमहानगरपालिका बाट पक्राउ परेका १९ बर्षे रोशन विकको भदौ २६ गते प्रहरी हिरासतमै मृत्यू भएको थियो प्रहरीले युवक आफैले शौचालयमा आत्महत्या गरेको बताएपनि आफन्तले हिरासतमा रोशनको हत्या भएको प्रहरीले घटना लुकाएको आरोप लगाउँदै आएका छन्

 घटनाको छानविनका लागि सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको जना प्रहरी निरीक्षक रहेको समितिले छानविन प्रतिवेदन भने सार्वजनिक गरेको छैन

 प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपि मुकेश कुमार सिुंहले छानविन समितिको प्रतिवेदन प्रदेश प्रहरी समक्ष आउने आन्तरिक अध्यन पछि मात्रै अर्को चरणमा जाने बताए

उनले छानविनमा प्रहरी दोसी भेटिए कम्जोरी गर्ने प्रहरी अधिकारीलाई कारवाही हुने बताए