सेती प्रादेशीक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

सेती प्रादेशीक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी

   धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

   धनगढी उपमहानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया संक्रमित महिलाको बुधबार साँझ मृत्यु भएको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए । 

 उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । संक्रमितको प्लाज्मा थेरापी मार्फत उपचार भएको थियो भने रेमडेसिविर औषधी समेत प्रयोग गरिएको थियो ।