धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

सेती प्रादेशीक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

सेती प्रादेशीक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी

   धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

   धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया संक्रमित महिलाको बुधबार साँझ मृत्यु भएको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए । 

 उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । संक्रमितको प्लाज्मा थेरापी मार्फत उपचार भएको थियो भने रेमडेसिविर औषधी समेत प्रयोग गरिएको थियो ।


ट्रेन्डिङ