धनगढी पोष्ट
बिहिबार, ०१ असोज २०७७ मा प्रकाशित
धनगढी
सेती प्रादेशिक अस्पताल धनगढीमा बुधबार गरिएको परिक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिउँसो २ बजेसम्म ३ शय ३ जनाको परिक्षणा गरिएकोमा कैलालीका १६ जना र कन्चनपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का १ जना महिला, वडा नम्बर ५ का १ जना पुरुष, वडा नब्म्बर २ का ६ जना पुरुष र धनगढीका वडा नखुलेका १ जनामा कोरोना संक्रमण भएको छ ।
कैलालीकै गौरीगंगा नगरपालिका वडा नम्बर ६ का ३ पुरुष, भजनी नगरपालिका वडा नम्बर ५ का ३ पुरुष र गोदावरी नगरपालिका वडा नम्बर ४ का १ पुरुषमा कोरोना संक्रमण भएको छ ।
त्यस्तै कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ५ का ३ महिला र १ पुरुष गरि ४ जना र बेलौरी नगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण भएको छ ।