धनगढी पोष्ट
बिहिबार, ०१ असोज २०७७ मा प्रकाशित
सुखड
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ७ स्थित हरिनगरमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ ।
सो अवसरमा सांसद दिर्घ सोडारीले प्रहरी एक्लैले मात्र अपराध न्युनिकरण गर्न नसक्ने हुदा जनताको साथ आवश्यक रहेको बताए ।
प्रदेश सांसद सांसद अमर बहादुर साउँदले प्रहरी पोष्टको स्थापनाले अपराधिक क्रियाकलप न्युनिकरण हुनेमा बिश्वास ब्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शम्शेर जवराले प्रहरी र स्थानीयबासीको सम्बन्ध नङ र मासु जस्तो हुन आवश्यक हुने बताए । समाजमा हुने बिभिन्न गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी पोष्टले ठुलो भुमिका खेल्ने भएकाले स्थानीय समेत आवश्यक सहयोग र समन्वय गर्न आग्रह समेत गरे ।
घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले पालिकाको वडा न ७ तस्करी हुने स्थान भएकाले अब त्यो न्युनिकरण हुने बताए । उनले भने नगरको वडा न १२, ४ र ६ मा पनि प्रहरी पोष्टको आवश्यकता रहेकाले प्रयास गरिरहेको बताए ।
अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरिक्षकको नेतृत्वमा ७ जना प्रहरी परिचालन भएका छन् ।