धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलालीका पत्रकारले गरे ‘पेन डाउन’

कैलालीका पत्रकारले गरे ‘पेन डाउन’

धनगढी

 धनगढी स्थित दिनेश सञ्चार गृहमा गएर पत्रकार माथी हातपात गर्नेलाई पक्राउ गर्नुपर्ने माग गर्दै कैलालीका पत्रकारले आज पेन डान गरेका छन् ।

 जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिंदै पत्रकारले १ घण्टा पने डाउन गरेका हुन् । पत्रकारलाई कुटपिट गरेको ८ दिन सम्म पनि दोसीलाई पक्राउ नगरेपछि पेन डाउन गरेर प्रशासनलाई दवाव दिएको नेपाल पत्रकार महाँसंस कैलालीका अध्यक्ष जगत साउँदले बताए ।

 पत्रकार माथी हातपात भएको विरोधमा पत्रकारले ७ दिन देखी निरन्तर बिरोध गर्दै आएका छन् । कुटपिट गर्नेलाई तत्काल पक्राउ गर्न भन्दै पत्रकार महाँसंघ कैलाली शाखाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानून मन्त्रिलाई ज्ञापन पत्र समेत बुझाईएको थियो ।

 जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पत्रकार माथी हातपात गर्ने मध्य हाल सम्म तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढी५ का मिलन चन्द, धनगढी५ जाइका शरोज थापा र चक्र रावल रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।

 समाचारको विषयलाई लिएर भदौ २६ गते केही युवा हरुले दिनेश सञ्चार गृहमै गएर पत्रकार जनक विष्टमाथी हातपात गरेका थिए ।