धनगढी
दस दिन अघि सेती प्रादेशीक अस्पतालमा डायलासिस गराउने क्रममा मृत्यु भई कोरोना पुष्टि भएकी महिलासंगै डायलासिस गराएका एक पुरुषमा पनि कोरोना देखिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ महिमा टोलकी ५५ बर्षीय महिलाको डाईलासिस गराउने क्रममा दस दिन अघि सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्यु पछि स्वाव परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
उनी संगै किड्नीको डायलासिस गराएका धनगढी उपमहानगरपालिका ३ का ४३ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नियमित सेती अस्पतालमा डायलासिस गराई आफ्नै घरमा रहेका ति पुरुषमा शनिवार कोरोना पुष्टि भएको हो । घरमै रहेका उनलाई अत्याधिक ज्वरो आएर कोरोनाको जस्तो लक्षण देखिएपछि वडा कार्यालयको पहलमा स्वाव परिक्षण गराएको वडा अध्यक्ष बल बहादुर ऐरले बताए ।
ति पुरुषलाई आजै सेती प्रादेशीक अस्पतालमा ल्याउने तयारी भएको छ । घरमै बसेका उनलाई कोरोना देखिएपछि वडा कार्यालय नजिकै रहेको ति पुरुष भएको टोल सील गरीदैछ ।
मृत्युपछि कोरोना पुष्टि भएकी महिमा टोलकी ति महिलाका परिवारका सदस्य सहित छिमेकीको रिपोर्ट भने नेगेटिभ आएको थियो ।