धनगढी पोष्ट
शनिबार, ०३ असोज २०७७ मा प्रकाशित
धनगढी–
संविधान दिवसको अवसरमा सुदूरपश्चिमका २२ जना सरकारी कर्मचारी तथा अन्य व्यक्तित्व सम्मातिन भएका छन् ।
मानपदवी, अलंकार र पदकबाट सम्मान देशभरका ५ सय ४४ जना सरकारी कर्मचारी छनौट भएकोमा सुदूरपश्चिमबाट २२ जना परेका छन् ।
सुप्रबल जनसेवा श्री (तृतिया) बाट बाजुराका लेखक दयाल बहादुर शाही, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रदेश सचिव किशोर कुमार चौधरी र स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीलाई सम्मान गरिएको छ ।
यस्तै प्रवल जनसेवा श्री (चतुर्थ) बाट बाजुराको बुढीनन्दा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मी, सामाजिक विकास मन्त्रालय उपसचिव झंकर विष्ट, सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी कार्यालयका तत्कालिन प्रहरी उपरिक्षक जनकराज पाण्डेय, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक पदमवहादुर विष्ट, सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशी सम्मानित सूचिमा परेका छन् ।
यस्तै जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मा, जिल्ला प्रशासन कार्यालय बझाङका शाखा अधिकृत रामबहादुर सार्की, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशी, जिल्ला स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य अधिकृत लालवहादुर धामी र स्वास्थ्य कार्यालय बझाङका सिनियर खोप अधिकृत भानुभक्त जोशी समेत सम्मानित सूचिमा परेका हुन् ।
यसैगरी जनसेवा श्री (पञ्चम) बाट बेदकोट नगरपालिका –३ कञ्चनपुरका समाजसेवी नन्दसिंह सार्की, भीमदत्त नगरपालिकाका हेमविक्रम थापा, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का आयोजनाविज्ञ दिलिपराज भट्ट, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका नायव सुव्वा केशवदत्त भट्ट, जिल्ला हुलाक कार्यालय बाजुराका नायव सुव्वा जंगविर सुनार र जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार तेजवहादुर खड्कालाई सम्मान गरिएको छ ।
समाज सेवा रत्नबाट भागेश्वर ४ डडेल्धुराका समाजसेवी प्रकाश वहादुर शाह, नेपाल प्रताप सुभूषणबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराका तत्कालिन प्रमुख तथा प्रहरी नायव उपरिक्ष दधिराम न्यौपाने र अतिपौरख भाष्करबाट कालीरक्षा गण (ई) बढैपुर ब्यारेक, कैलालीका प्युठ सुरेश बहादुर पुनलाई सम्मान गरिनेछ ।
राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुगाउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । विभूषण, अलंकार र पदक संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नुभएको हो ।