धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

सुदूरपश्चिममा ८७ प्रतिशत कोरोना संक्रमित निको भए

सुदूरपश्चिममा ८७ प्रतिशत कोरोना संक्रमित निको भए

धनगढी

 सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका नागरिक मध्य ८७ प्रतिशत निको भएर घर गएका छन् ।

हाल सम्म सुदूरपश्चिममा ६ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ हजार ७ सय २४ जना अर्थात ८७ दशमलव ३४ प्रतिशत नागरिक कोरोना संक्रमण निकोभएर घर गएका मन्त्रालयद्वारा जारी प्रश विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसरा हाल सम्म सुदूरपश्चिममा ७५ हजार ८ सय ३० जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीद्वारा जारी विज्ञप्ति अनुसार हाल सम्म सुदूरपश्चिममा ७७ हजार ३ सय ६१ जनाको स्वाव संकलन गरिएको छ । ती मध्य ७५ हजार ८ सय ३० नमूनाको नतिजा आएको मा ६ हजार पाँच सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

परिक्षण गरिएका नमूना मध्य ६९ हजार २ सय ७७ नजाको स्वावको नतिजा भने  नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्य १ हजार पाँच सय ३१ जनाको नतिजा आउन बाँकी रहेको छ ।