धनगढी पोष्ट आइतबार, २९ भदौ २०८३   September 13, 2026

डडेल्धुराको परिक्षणमा बझाङका १७ जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुराको परिक्षणमा बझाङका १७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

  डडेल्धुरामा आइतबार गरिएका परिक्षणमा  बझाङ जिल्लाका १७ जनामा कोरोना परिक्षण पुष्टि भएको छ ।

     डडेल्धुरा अस्पतालका अनुसार बझाङको खप्तडछान्ना गाउपालिकाका ८ जना, थलारा गाउपालिकाका ८ जना र छबीसपाथीभरा गाउपालिकाका १ जनामा कोरोना संक्रमण भएको छ ।

   १ शय ७७ जनाको परिक्षण गरिएकोमा १ शय ६० जनामा नेगेटिभ रिपोर्ट आएको डडेल्धुरा अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिन गणेजुले जानकारी दिएका छन्