धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

नवजीवन अस्पतालको आईसियुमा रहेका पुरुषमा कोरोना पुष्टि

नवजीवन अस्पतालको आईसियुमा रहेका पुरुषमा कोरोना पुष्टि

धनगढी

    धनगढीको नवजीवन अस्पतालमा उपचार गराईरहेका एक पुरुषमा कोरोना पुष्टि भए पछि कोरोना अस्पतालमा सारिएको छ  ।

   सेती प्रादेशीक अस्पताल धनगढीका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार गोदावरी नगरपालिका वडा नम्बर ४ का ४३ बर्षीय पुरुषमा शनिवार राति ११ बजे कोरोना पुष्टि भएको हो ।

    उनी केही दिनदेखि नवजीवन अस्पतालको आईसियुमा उपचार गराईरहेका थिए । सुचना अधिकारी श्रेष्ठका अनुसार ति बिरामी नवजिवन अस्पताल ल्याउनु अघि धनगढीकै माया मेट्रो अस्पतालमा उपचार गराएका थिए ।

    ईर्मेजेन्सी केस भएका कारण शनिवार राति नै धनगढी स्थित प्रयोगशालामा जाँच गरिएको सुचना अधिकारी श्रेष्ठले बताए ।