धनगढी पोष्ट मङ्गलबार, २७ साउन २०८३   August 11, 2026

बाँकेमा कोरोना संक्रमित थप १ को मृत्यु

बाँकेमा कोरोना संक्रमित थप १ को मृत्यु

धनगढी

 प्रदेश नमबर५ को बाँकेमा कोरोना संक्रमित भएका थप १ जनाको मृत्यु भएको छ । कोरोनाबाट नेपालगन्जमा ७ औं व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका २१ पुरैनाका ५९ बर्षे पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति पौने १२ पजे राती मृत्यु भएको हो । दुबैतिरको फोक्सोमा निमोनिया भएका उनलाई प्लाज्मा थेरापी, रेम्डीसिभिर औषधि पनि चलाइएको थियो । उनको मृत्युसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।


ट्रेन्डिङ