धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

मृत भेटिएकी संचारकर्मीको शब तीन दिन पछि पोष्टमार्टम

धनगढी

 कैलालीको सुखडमा शुक्रबार मृत अवस्थामा फेला परेकी सञ्चारकर्मी निर्मला पहराईको शबको तीन दिन पछि आज पोष्टमार्टम गरिएको छ ।

  मृत भेटिएकी निर्मलाले आत्महत्या गरेको नभई हत्या गरेकाले दोषिलाई पक्राउ नगरुन्जेल पोष्टमार्टमका लागि सहमति नदिने उनका आफन्तको अडानका कारण सेती प्रादेशीक अस्पतालको शब गृहमा राखिएको शब तीन दिन सम्म पोष्टमार्टम हुन सकेको थिएन ।

 आज मृतक निर्मलाका आफन्तले दुई जनाका नाममा किटानी  जाहेरी दिएको र ति मध्यका एक जना पक्राउ पनि परिसकेका र अर्कोलाई पनि चाँडै पक्राउ गर्ने प्रहरीको आश्वासन पछि  आफन्त शब पोष्टमार्टम गराउन राजी भएका थिए । उनको आज नै दाहसंस्कार गरिने आफन्तले बताएका छन् ।

    घोडाघोडी नगरपालिका सुखडमा रहेको कैलाली एफएममा कार्यरत २२ वर्षीया पहराई ३१ भदौबाट सम्पर्कविहीन भएकी थिइन् । उनी हराएको ३ दिनपछि शुक्रबार घोडाघोडी नगरपालिका १० मा रहेको फूलबारी सामुदायिक वनमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो ।

 शनिबार धनगढीमा मृतकका आफन्तले पत्रकार सम्मेलन गरी निर्मलाले आत्महत्या नभइ उनको हत्या भएको दावी गरेका थिए ।