धनगढी पोष्ट
सोमबार, ०५ असोज २०७७ मा प्रकाशित
धनगढी
३९ औ अन्तरराष्ट्रिय शान्ति दिवसको अवसरमा सोमबार साझ धनगढीको पार्कमोडमा दिप प्रज्वलन गरिएको छ । इन्टरनेशनल अलर्ट, समावेशी संक्रमणकालीन न्याय, मेलमिलाप तथा द्धन्द्ध सामाधानका लागि जिल्ला सञ्जाल कैलाली, महिला, कानुन र बिकास मञ्च र मानव अधिकारको लागि महिला एकल महिला समुह सुदुरपश्चिमले शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेका हुन् ।
सो अवसरमा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले सबैको शान्तिको कामनाले शान्ति सम्भव हुने बताइन् ।
समावेशी संक्रमणकालीन न्याय, मेलमिलाप तथा द्धन्द्ध सामाधानका लागि जिल्ला सञ्जाल कैलालीका संयोजक गणेश मल्लले बिस्तृत शान्ति सम्झौताममा शान्ति स्थापनाका लागि गरिएका सहमति अझै कार्यान्वयन हुन नसकेको बताए ।
संयुक्त राष्ट्र संघको आव्हानमा सन् १९८२ देखि अन्तरराष्ट्रिय शान्ति दिवस मनाउन थालिएको हो ।