कैलालीको बहुलिया चौकिका तीन प्रहरी कर्मचारीलाई कारवाहीको सिफारिस

धनगढी

 धनगढी उपमहानगरपालिका१९ फूलवारी स्थित बहुलिया प्रहरी हिरासतमा कार्यरत तीन जना प्रहरी कर्मचारीलाई कारवाहीका लागि सिफरिस गरिएको छ ।

 जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुप शमशेर जबराले चौकीमै थुनुवाको मृत्यु हुनमा प्रहरीको पनि कम्जोरी देखिएकाले तीन प्रहरीलाई कारवाही गर्न छानविन समितिले सिफारिष गरेको बताए ।

 प्रहरीकै कारण युवकको मृत्यू भएको भने होइन, प्रहरी उपरिक्षक जबराले भने–‘तर चौकिमै थुनुवाको मृत्यु कसरी भयो भन्ने प्रश्न उठ्न सक्दछ, त्यो घटना हुनुनै प्रहरीको कम्जोरी हो ।

 बहुलिया हिसारतमा राखिएका फुलवारीका अम्मरबहादुर चन्द साउन २८ गते मृत अवस्थामा फेला परेका थिए । मृतकका आफन्तले प्रहरीले युवकको हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

 घटनाको छानविन गर्न प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी उपरीक्षक राजिब बस्नेतको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको थियो ।