धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

प्रदेश स्तरिय आपतकालिन कार्य सँचालन केन्द्र स्थापनाका लागि ४ लाख मुल्यका सामाग्री हस्तान्तण

प्रदेश स्तरिय आपतकालिन कार्य सँचालन केन्द्र स्थापनाका लागि ४ लाख मुल्यका सामाग्री हस्तान्तण
आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई सामाग्री हस्तान्तरण गर्दै वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल पश्चिम फिल्ड कार्यालयका व्यवस्थापक चेतराज भट्टराई

 धनगढी   

    सुदुरपश्चिम प्रदेशको प्रादेशिक आपतकालिन कार्य सँचालन केन्द्र सँचालन गर्नका लागि आवश्यक लाख २७ हजार मुल्यका सामानहरु वर्ल्ड  भिजन ईन्टरनेशनल नेपाल साझेदार सँस्था सामाजिक विकासका लागी सचेत समाजले मंगलबार सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई हस्तान्तरण गरेको

  हस्तान्तरण गरिएका सामाग्रीहरुमा फायर स्टीङगुसर, मेघाफोन, क्यानन पावरसुट क्यामेरा, ल्यापटप, सोलार, टेलिभिजन, काठको टेबल, रिभल्भिङ कुर्ची, काठको कुर्ची, स्टील दराज, प्रिन्टर रहेको सामाजिक विकासका लागी सचेत समाज  कैलालीका कार्यक्रम सँयोजक भरत वि. ले जानकारी दिए

    वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल पश्चिम फिल्ड कार्यालयका व्यवस्थापक चेतराज भट्टराईले आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई हस्तान्तरण गरेका हुन्

  सो अवसरमा मन्त्री शाहले आपतकालिन कार्य सँचालनका लागी भवन निर्माण भईसकेको निकट भविष्यमै संचालनमा आउन लागेको आपतकालिन कार्य सँचालन केन्द्रलाई व्यवस्थित बनाउन सामाग्रीहरुले सहज बनाउने बताए

   वर्ल्ड भिजन ईन्टरनेशनल नेपालले डोटी, अछाम कैलालीका कार्यक्षेत्र रहेका स्थानीय तहमा स्थानीय आपतकालिन कार्य सँचालन केन्द्र सँचालनका लागि यसअघि विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको थियो