धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

आइपिएलः चिन्नई र राजस्थानको खेलमा छक्काको बर्षा

आइपिएलः चिन्नई र राजस्थानको खेलमा छक्काको बर्षा

धनगढी

 युएयीको शारजाहमा मंगलबार राति सम्पन्न इण्डियन प्रिमियर लिग (आइपिएल) छक्काको बर्षात हेरेर दर्शकले भरपुर आनन्द लिएका छन् ।

 आइपिएल क्रिकेट अन्तर्गत मंगलबार राति राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबिच खेल भएको हो ।

 यो खेलमा छक्काको वर्षा नै भयो र छक्काको बर्षा लगाएको राजस्थानले पहिलो खेलमै जितको सुरुवात समेत ग¥यो । राजस्थानका सन्जू सामसन, स्टीभ स्मिथ र जोफ्रा आर्चरले समग्रमा १७ छक्का प्रहार गरे ।

 यस्तै चेन्नई सुपर किंग्सका फाफ डू प्लेसिस, शेन वाट्सन, साम करन र महेन्द्र सिंह धोनीले कुल १६ छक्का प्रहार गरे । यो खेलमा दुवै टिमको तर्फबाट गरी ३३ छक्का प्रहार भयो ।

 अन्तिम ओभरमा चेन्नईलाई ३८ रन बनाउनु पर्ने थियो । कप्तान धोनीले तीन छक्का प्रहार गरे अन्तिम ओभरमा तर त्यो जितका लागि पर्याप्त भएन ।

 जितका लागि पाएको २ सय १७ को लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर २ सय रन बनाउन सक्यो ।

 पहिले ब्याटिङ्ग गरेको राजस्थानले ७ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो । उसका लागि सामसनले ९ छक्काको सहयोगमा ७४ तथा स्मिथले चार छक्काको सहयोगमा ६९ रन बनाएका हुन् ।