धनगढी पोष्ट
शुक्रबार, ०९ असोज २०७७ मा प्रकाशित
नवलपरासी
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा गुडिरहेको बस पहिरोमा खस्दा एकको मृत्यु भएको छ ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको संगै गुडिरहेको बस पनि खसोके थियो । पहिरोमा खसेको बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ बर्षे हरिषचन्द्र केसीको मृत्यु भएको हो ।
बस पहिरोमा खस्दा गम्भीर घाइते भएका केसीको बिहीबार राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नंको बस माथिबाट खसेको पहिरो संगै खसेको थियो । पहिरोका कारण बस खस्दा अन्य छ जना घाइते भएका छन् ।
घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । छ । बसमा १८ जना सवार थिए ।