बृद्ध बाजे बजैको संरक्षणमा रहेकी १२ बर्षिय वालिकाको यौन दुर्व्यवहार पछि हत्या

धनगढी

     बृद्ध बाजे बजैको संरक्षणमा रहेकी बझाङमी १२ बर्षिया वालिकाको बुधबार राती बिभत्स तरिकाले हत्या गरिएको छ । ति वालिकाको शब घरभन्दा दुई किलोमिटर टाढा स्थानीय एक मन्दिरमा फेला परेको   थियो । हत्याको आशंकामा स्थानीय एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    मष्टा गाउँपालिका वडा नंम्बर २ खिकालाकी १२ बर्षिया सम्झना कामी बिहिवार पशु चौपाया बाँध्न सिमछानामा गएकी र राती अबेर सम्म  घर नआएपछि खोजी गर्दै जाँदा सोही राती गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिम मन्दिरमा उनको शव फेला परेको थियो । वालिकाको शरिर भरी निलडाम र नग्न अबस्थामा शव भेटिएको मष्टा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शेरबहादुर खड्काले बताए । उनका अनुसार बालिकाले कानमा लगाएका मुन्द्रा समेत लुटेर लगेका छन् ।

   वालिकाको शब फेला परे लगत्तै मंगलबार राती  नै घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरिक्षक रुपक खडकाले घटनाको प्रकृती र बस्तु स्थिती हेर्दा बलात्कार पछि हत्या भएको हुन शक्ने बताए । उनले भने–‘म मंगलबार राती नै घटना स्थल पुगेर सबै बस्तु स्थिती हेरे अबस्था हेर्दा बलात्कार पछि हत्या जस्तो नै   देखिन्छ ।

  तर प्रहरी प्रमुख खड्काले पोष्टमार्टको रिपोट नआउन्जेल केही भन्न नसकिने बताए । बिहिवार बेलुका जिल्ला अस्पताल बझाङमा शबको पोष्टमार्टम गरिएको र आज बेलुका सम्म रिपार्ट आउने प्रहरी नायब उपरिक्षक खडकाले जानकारी दिए । उनले भने–‘घटनामा संलग्नको आशंकामा एक जना स्थानीय पक्राउ परेका छन्, थप अनुसन्धान भईरहेको  छ ।

 बालिकाका बुबाआमा भने बिगत ३ बर्ष देखि रोजगारीको शिलशिलामा भारतमा रहेका छन् ।  घरकी जेठी छोरीका रुपमा रहेकी ति वालिकाका दुई बहिनी र एक भाई रहेका छन् । दसई बहिनी सहित मृतक वालिका बृद्ध बाजे बजैको संरक्षणमा रहेका थिए । एक भाई भने आमाबुवा संगै भारतमा रहेका छन् ।

स्थानीय बिद्यालयमा कक्षा ६ मा अध्ययनरत ति वालिका अरु बहिनीको अभिभावक जस्तै रहेकी थिईन मष्टा गाउँपालिकाका अध्यक्ष कर्ण कठायतले भने–‘बाजे बजै बृद्ध रहेकाले घरको सबै जिम्मा ति वालिकाको नै थियो । उनले घटनालाई गम्भिरतापुर्वक लगेर अनुसन्धान गरि दोषिलाई कार्वाहीका लागि स्थानीय प्रहरी प्रशासनलाई आग्रह गरिएको बताए । अध्यक्ष कठायतले भने–‘गाउँपालिकाका तर्फबाट घटनाको अनुसन्धानका लागि पुर्ण सहयोग गरिरहेका छौं, दोषिले उन्मुक्ति पाउनु हुन्न । घटना हेर्दा जघन्य अपराध देखिएकाले गम्भिरतापुर्वक लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक खड्काले बताएका छन् ।