धनगढी पोष्ट शनिबार, ०२ कार्तिक २०८३   October 17, 2026

विपन्न परिवारलाई खाद्यान्न वितरण

विपन्न परिवारलाई खाद्यान्न वितरण

धनगढी

 गोदावरी नगरपालिका अन्तरगत तीन वडाका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

दलित महिला संघ फेडोको आयोजनामा गोदावरी नगरपालिका २, ७ र ८ नम्बर वडाका करिव १ सय ३० परिवारलाई चामल, नून, तेल, चिनी र सावुन वितरण गरिएको हो ।

फेडो कैलालीका संयोजक विनोद घिमिरेका अनुसार कोरोना संक्रमण न्यनूनिकरणका लागि सरकारले जारी गरेको लडकडाउन ले दैनिक श्रम गरेर छाक टार्ने परिवार तथा महिलाको कमाईमा आश्रीत परिवारलाई छाक टार्न समस्या भएको पाइएपछि राहत स्वरुप खाद्यान्न वितरण गरिएको   हो ।

उनका अनुसार १ सय ३० परिवारलाई प्रति परिवार ३० किलो चामल, २ लिटर तेल, २ किलो नून, २ किलो चिनी र ४ वटा नुहाउने सावुन वितरण गरिएको छ । खाद्यान्न सामाग्री गोदावरी नगरपालिकाकी उप–प्रमुख रत्ना कडायत  र वडा नंम्बर ३ का अध्यक्ष मोहोन खत्री मार्फत वितरण गरिएको फेडो संयोजक घिमिरेले बताए ।


ट्रेन्डिङ