धनगढी पोष्ट
आइतबार, ११ असोज २०७७ मा प्रकाशित
धनगढी
सशस्त्र प्रहरीले कैलालीको धनगढीबाट साढे ७ लाख बढिको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी बंगराकटानको गस्ती टोलीले धनगढी उप–महानगरपालिका वडा नम्बर ९ को गौरी कटान ईलाकाबाट अबैध सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीले धनगढीबाट अवैध रुपमा ल्याउँदै गरेका लेडिज लेहगां, सुटपिस, कुर्ती र साडी लगायतका लेडिज कपडा गरि सात लाख ६० हजार आठ सय मूल्य बराबरको अवैध सामान बरामद गरिएको जनाएको छ ।
यस्तै सशस्त्र प्रहरी बल नम्बर ३४ कै मातहतको बिओपीबाट खटिएको टोलीले कैलारी गाउँपालिका वडा नम्बर ३ को ग्रोबेला घाटबाट थप ६४ हजार ६ सय ५० रुपैँया बराबरको भन्सार छलीको सामान पनि बरामद गरिएको जनाएको छ ।
भन्सार छलेर ल्याउँदै गरेको साईकलका विभिन्न पार्टस तथा सुर्तीजन्य सामाग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सबै सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीलाई बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।