धनगढी पोष्ट
आइतबार, ११ असोज २०७७ मा प्रकाशित
धनगढी
जन्मदिनको अवसर पारेर प्रेम नुवाकोटीले धनगढी उप—महानगरनगरपालिका ५तारानगरमा रहेको जनजाति कल्याण आश्रम नेपाल आमाको माया छात्रबासलाई खाद्यान्न र स्टेसनरी सहयोग गरेका छन् ।
हाल अमेरीका बस्ने गोदावरी नगरपालिका वडा नम्मर २ मा घर भएका बैतडीको डिलासैनी गाउँपालिकामा जन्मेका प्रेम नुवाकोटीले अनाथ एवम् असहाय बालबालीकाको संरक्षण गर्दै आएको आमाको माया छात्रबासलाई नुवाकोटीले चामल, दाल, तेल, नुन, लुगाधुने साबुन, नुहाउने साबुन, मिक्स मसला, हल्दी ,कपी,डटपेन लगायतका सामाग्रीहरु सहयोग गरेका छन् ।
आफु संग धेरै पैसा भएर सहयोग गरेको होइन, फजुल खर्च गर्नुभन्दा अनाथ एवम् असहायहरुको संरक्षण गरिरहेका संघसंस्थाहरुलाई सहयोग गर्नु उपयुक्त भनेर सहयोग नुवाकोटीले बताए ।
आगामि दिनहरुमा पनि आफु टाढा भएपनि धनगढीमा रहेको आमाको माया छात्रबासलाई सहयोग गरीरहने उनले बताए । यसरी अनाथ असहायहरुको संरक्षण गरिरहेका संघसंस्थाहरुलाई सबैले सहयोग गर्दै जादा राम्रो सन्देश जाने उनको भनाई छ । पत्रकार गगन अयडी मार्फत जनजाति कल्याण आश्रम नेपाल आमाको माया छात्रबासकी उपाध्यक्ष शारदा शाहलाई हस्तान्तरण गरीएको हो ।