धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

दशै आउन झण्डै आधा महिना मात्र बाँकी रहँदा पनि बाजुरा सडक खुलेन

दशै आउन झण्डै आधा महिना मात्र बाँकी रहँदा पनि बाजुरा सडक खुलेन

धनगढी

    बाजुरा सदरमुकाम जोडने साँफेमार्तडी सडक तिन महिना देखि अबरोध रहेको छ । दशै शुरु हुन अब झण्डै १७ दिन वाँकी रहदा सम्म पनि सडक खुल्ने कुनै सुरसार देखिदैन ।

  सडकका बिभिन्न ठाँउमा गएका पहिरो र पुल बगाएपछि असार देखी अबरोध बनेको साँफे मार्तडी सडक अहिले पनि बन्द नै रहेको छ ।  बर्षा रोकिए सँगै सडक बिभागले सडक खुलाउन प्रयास गरेको भएपनि अझै खुल्न सकेको छैन् ।

  सडक सञ्चालनमा नहुँदा यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ । सदरमुकाम मार्तडी लगायत उत्तरी क्षेत्रमा चरम खाद्य संकट भएको छ । दैनिक उपभोग्य सामानको मुल्य पनि आकाशिएको छ । दुई बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो ।

 सडक खण्डको बुढिगंगा नगरपालिका १ बल्दे देखी द्धारी सम्म डोजरले सडक खोल्दै गरेपनि पछाडीबाट भत्किरहेको छ । सडक बिभागले सडक खुलाउनका लागि दुईतिन ठाँउ बाट डोजर लगाएको भएपनि अगाडि काम गर्दै पछाडी भत्कदै आएको सडक बिभागका ईन्जिनियर दमन बिष्टले वताए ।

  ‘एक चरणमा सामान्य ट्रयाक खोलेका थियौ, फेरि पहिरो आएर सडक भत्किरहेको छ ईन्जिनियर बिष्टले भने– ‘तीन ठाँउमा दलदल जमिन रहेकाले माथिबाट पहिरो आइरहेको छ, सडक खुलाउन निकै समस्या भएको छ । अझै पनि प्रयास जारी रहेको उनले बताए । असार महिना देखिको लगातारको बर्षा सँगै बाढि पहिरोले साँफे मार्तडी सडक खण्डको बार्जुगाड देखी मार्तडी सम्म ठाँउ ठाँउमा पहिरोले सडक अबरोध भएको छ । बाढीले बुढिगंगामा बेलिब्रिज र ताप्रिसेरामा पुल बगाएको छ ।

 ‘पहिराले बुढिगंगा नगरपालिका १ अम्कोटमा सडक नै तहसनहस हुने गरी बिगारेको छ बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले भने– ‘अन्य ठाँउमा सडक खुलाएको भएपनि बुढिगंगाको बल्दे देखी द्धवारी सम्म करिब २ किलोमिटर सडक खोल्न निकै समस्या भएको छ । सडक खुलाउन सबै तिर पहल भइरहेकोले दशै सम्म खुलाउन सकिन्छकी भनेर लागिरहेको उनले बताए । प्रजिअ गैरेले बुढिगंगा नदिमा बेलिब्रिजको लागि पनि पहल भइरहेको जानकारी दिए ।

बिगत बर्ष बर्षातको समयमा त्यही ठाँउमा पटक पटक सडक अबरोध हुदै आएको थियो । हिउँदमा त सडक भासिएको छ, बर्षात यो सडक बन्द नै हुने अबस्थामा पुगेको छ ।