धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा एक बर्षमै १ सय ९२ जबरजस्ति करणी

सुदूरपश्चिममा एक बर्षमै १ सय ९२ जबरजस्ति करणी

धनगढी

 सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १ बर्षको अवधिका १ सय ९२ वटा जबरजस्ति करणी मृद्धा दर्ता भएका छन् ।

 प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदेशका ९ जिल्लामा दर्ता भएका जबरजस्ति करणी मुद्धामा २ सय २६ प्रतिवादी रहेकोमा २ सय १३ जनाबिरुद्ध अदालतमा मृद्धा दर्ता गरिएको छ । आरोपित मध्य अझै १४  जना भने फरार रहेका प्रहरीले जनाएको छ ।

 प्रदेश प्रहरी प्रबक्ता एसएसपि मुकेस सिंहका अनुसार २०७६ साउन १ गते देखी २०७७ असार मसान्त सम्म सवै भन्दा बढी जबरजस्ति करणी मुद्धा कैलाली अदालतमा दर्ता भएका छन् ।

 एक अर्थिक बर्षको अवधिमा कैलालीमा ९२ वटा जबरजस्ति करणी भएकोमा ९८ जनालाई पक्राउ गरिएको प्रबक्ता सिंहले बताए ।

 यसै गरी कञ्चनपुरमा ४० जबरजस्ति करणीका मा ४५ जना माथी मुद्धा दायर गरिएको छ ।

 प्रबक्ता सिंहका अनुसार अछाममा १४ वटा करणी हुँदा २२ जना, बझाङका १३ करणी मुद्धामा  १५ जना, बाजुरामा ९ करणीमा ९ जना, डोटीका ६ करणीमा ६ जना, डडेल्धुराका ९ करणीमा १२ जना, बैतडीका १ करणीमा १ जना र दार्चुलामा ८ करणी हुँदा ९ जना विरुद्ध मुद्धा दायर गरिएको प्रबक्ता सिंहले बताए ।