धनगढी पोष्ट
बिहिबार, १५ असोज २०७७ मा प्रकाशित
धनगढी
बझाङमा २५ किलो चरेस सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको वित्थडचिर गाउँपालिका २ लिम भन्ने स्थानमा लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले २५ किलो चरेस सहित दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरिक्षक रुपक खडकाका अनुसार पक्राउ पर्नेमा बुङ्गल नगरपालिका २ का २५ वर्षीय धनबहादुर धामी र सोही वडाका २८ वर्षीय धनबहादुर धामी रहेका छन् ।
सुदूरपश्चिम प्रहरी अनुसन्धान समूहबाट प्रहरी नायव निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई चरेस बोकेर बुङ्गलबाट वित्थडतर्फ गइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चरेस सहित पक्राउ परेका दुबैजनालाई अहिले प्रहरी चौकी वित्थडचिरमा राखिएको र उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक खड्काले बताए ।