धनगढी पोष्ट शनिबार, ०२ कार्तिक २०८३   October 17, 2026

दार्चुलामा वेहोस भेटिएकी महिलाको मृत्यु

धनगढी

 वेहोस अवस्थामा भेटिएकी दार्चुलाको महाकाली नगरपालिका–१ मलेराकी २३ वर्षीया विनिता कार्की उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय दार्चुलका सूचना अधिकारी भाष्कर चन्दका अनुसार बेहोस अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

 बुधबार घाँस काट्न गएकी कार्की अवेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्दा वेहोस अवस्थामा भेटिएकि थिइन् ।


ट्रेन्डिङ