धनगढी पोष्ट
शुक्रबार, १६ असोज २०७७ मा प्रकाशित
धनगढी
धनगढीकी २५ बर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । धनगढीकी ति युवतीको भेरी अस्पताल नेपालगन्जमा उपचाररत उनको आज मृत्यु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका–९ बाँकेगाउँमा डेरा गरी बस्ने २५ बर्षीया युवतीको स्थायी घर धनगढी उपमहानगरपालिका वडा नम्वर २ सन्तोषी टोल रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनले भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिइएकी थिइन् । ३० गते रिपोर्ट पोजेटिभ आएको थियो । उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन् ।