धनगढी पोष्ट
मङ्गलबार, २० जेठ २०७७ मा प्रकाशित
धनगढी,
डाक्टर गोविन्द केसी सुदूरपश्चिम प्रदेशको विकट जिल्ला दार्चुलामा १८ औं पटक अनशनमा बसेका छन् । उनले आज दार्चुला सदरमुकाम खलंगामा बिहानबाट अनशन सुरु गरेका हुन् ।
केसीका सहयोगी प्रितम सुवेदीका अनुसार डाक्टर केसीको यसपटकको अनशन दुई दिने रहेको छ । उनले यस पटकको अनशनमा सीमाक्षेत्रका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौम सत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका हुनुपर्ने माग राखेका छन् ।
भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न तत्काल सरकारले प्रक्रिया सुरु गर्नुपर्ने, डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका स्थानमा मेडिकल कलेज खोल्ने प्रक्रिया छिटो अघि बढाउनु पर्ने माग पनि डाक्टर केसीले राखेका छन् ।