धनगढी पोष्ट
सोमबार, ०१ असार २०७७ मा प्रकाशित
धनगढी
गैर सरकारी संस्था भोलेन्टियर कर्पले गौरीफन्टा नाकामा भारतबाट आएका नागरिकहरुलाई खाजा र पानी उपलब्ध गराएको छ ।
दिउँसो बिभिन्न संस्थाहरुले खाना समेत उपलब्ध गराएपनि बिहान आउनेका लागि समस्या भइरहेको देखेपछि सोमबार तीन सय जनालाई खाजा र पानी उपलब्ध गराएको संस्थाका कार्यक्रम निर्देशक देबीलाल उपाध्यायले बताए ।
सो संस्थाले बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म नाकामा आएका नागरिकहरुलाई खाजा र पानी उपलब्ध गराएको हो । संस्थाका कार्यक्रम निर्देशक उपाध्यायका अनुसार सो संस्थाले प्रदेश नम्बर २ को बीरगञ्ज नाकामा पनि भारतबाट स्वेदश फर्किने नागरिकहरुका लागि खाजाको ब्यवस्था गर्दै आइरहेको छ ।
नाकामा सबेरै बिहान र दिउँसोको समयमा सहयोग गर्नेहरु रहेपनि ९ बजेदेखि १२ बजेको समयमा स्वदेश फर्किनेहरुले पानी समेत नपाएको अवस्था देखेपछि आफ्नो संस्थाले तीन सय जनालाई खाजा उपलब्ध गराएको निर्देशक उपाध्यायले बताए ।