धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

बझाङमा १३ बर्ष पछि हवाई उडान पुनः सुचारु

बझाङमा १३ बर्ष पछि हवाई उडान पुनः सुचारु

धनगढी

 सुदूरपशिचम प्रदेशको पहाडी जिल्ला बझाङमा १३ बर्ष पछि पुनः हवाई सेवा सुचारु भएको छ ।

 २०६४ सालमा यात्रु नपाएको भन्दै बझाङमा सञ्चालन हुँदै आएको हवाई सेवा बन्द भएको थियो ।

 बझाङमा सडक सञ्जालको विस्तारका कारण हवाई यात्रु घटेका थिए । तर पछिल्लो केही समय यता बझाङमा हवाई सेवा पुनः सुचारु हुनुपर्ने माग उठ्नथालेपछि राजनीतिक दलले सो मद्धालाई चुनावी मुद्धा बनाउँदै आएका थिए ।

 शनिबार नागरिक प्राधिकरण तथा उड्यन मन्त्री योगेश भट्टराईले बझाङमा सुरु भएको हवाई सेवा उघ्घाटन गरेका हुन् ।

 शनिबार नै डोटी विमानस्थल र बैतडी विमानस्थलको समेत मन्त्री भट्टराईले उद्धघाटान गर्ने कार्यक्रम छ ।