धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बैतडीमा फस्फोराईडको खानीको अन्वेषण सुरु

बैतडीमा फस्फोराईडको खानीको अन्वेषण सुरु

धनगढी

 बैतडीमा रासायनिक मल निर्माणका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थ फस्फोराईडको खानी अध्यन गर्ने कार्य सुरु गएको छ ।

 खानी उत्खनन् अन्तरगत शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले फस्फोराईडको ड्रिल निर्माण उद्घाटन गरेका छन् । उद्घाटन गर्दै मन्त्री भट्टले रोजगारीको सिर्जना गर्न सरकारले उद्योग स्थापनामा जोड दिएको बताए ।

 बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङको शुभारम्भ गर्दै उनले खानी तथा खनिज पदार्थको उत्खनन् गरी रोजगारीको सिर्जना गर्न सकिने बताए ।

कामका लागि विदेशिने युवालाई स्वदेशमै काम दिनपर्छ भन्ने दृढता सरकारको छ मन्त्री भट्टले भने–‘त्यसका लागि खानीको अन्वेषण, कृषि उद्योग जस्ता ठुला क्षत्रको निर्माण र लगानीको वातावरण निर्माण गरिरहेका छौं ।

 रसायनिक मलका लागि  फस्फोराइड अति आवश्यक पर्ने जनाइएको छ । यसै आवश्यकता पुरा गर्न परीक्षणका लागि उत्खनन् शुरुआत गरिएको हो ।

दोगडाकेदार७ बसौरामा डोलोमाईड चट्टान पत्ता लागे पछि खानी तथा भूगर्भ विभागले रसायनिक मल बनाउने कारखानाका लागि डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी गरेको हो ।

 विभागले यही असोज ५ गते प्राविधिकको टोली वैतडी पठाएको थियो । विभागका वरिष्ठ भूगर्भविदद्वय कुमार खड्का र भूसुजन देवकोटा लगायतको विज्ञ तथा प्राविधिकको टोली केही दिन अगाडि वैतडीको दोगडाकेदार पुगेको थियो ।